सदरलाइनडटकम,
काठमाण्डौ : आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बुलेटिन जारी गर्दै दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना जनाएको छ ।
राति देशका अधिकांश स्थानमा बदली भई मध्य तथा पश्चिमका स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना जनाएको हो । शुक्रबार भने केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पश्चिम नेपालको तराई र चुरे क्षेत्रमा भारी वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ । शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Next Post
नेपालमा लगानीका लागि आग्रह
१४ भाद्र २०७५, बिहीबार १७:१५
सम्बन्धित
-
१० चैत्र २०७७, मंगलवार १७:३२
बुहारीलाई आगो लगाउने हनिफ शेष सात वर्षपछि पक्राउ
-
१८ चैत्र २०७९, शनिबार १४:५९
सात सय परिवारलाई लालपुर्जा वितरण
-
७ मंसिर २०७९, बुधबार १५:२६
बाँके १ मा सुर्य ढकाल १९ सय मतान्तरले अगाडी
-
११ बैशाख २०८०, सोमबार १२:४०
ठेकेदार बेपत्ता भएपछि बाँकेमा निर्माण कार्य अलपत्र
-
३ असार २०७७, बुधबार १३:०८
क्यान्सर पीडितलाई नेकपाको सहयोग
-
२७ श्रावण २०७७, मंगलवार १३:३३
बाँकेमा कोरोनाको ‘ग्राफ’ बढ्दै, मंगलवार २६ जना थपिए