नेपालगञ्जमा एप्पल स्टोर सञ्चालनमा ल्याईयो

सदरलाइन संवाददाता १२ चैत्र २०८२, बिहीबार १९:३७
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जको धम्बोझीमा करिब एक करोड लगानीमा अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा आएको छ।
  • बुटवलदेखि पश्चिम क्षेत्रकै पहिलो एप्पल स्टोरमा आइफोन, म्याकबुक, आइप्याड लगायत सम्पूर्ण एप्पल उत्पादन र सेवा उपलब्ध हुनेछन्।
  • उद्घाटन अवसरमा विशेष छुट, निःशुल्क स्क्रिन गार्ड र होम डेलिभरी जस्ता सुविधा पनि प्रदान गरिने भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्जको धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा ल्याएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रविधिमैत्री ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा ल्याईएको बतईएको छ ।

करिब एक करोड रुपियाँको लगानीमा सञ्चालन गरिएको यो स्टोर बुटवलदेखि पश्चिम क्षेत्रकै पहिलो एप्पल स्टोर भएको प्रबन्ध निर्देशक ऋषि कँडेलले बताए । उनले बिहीबारदेखि स्टोर सञ्चालनमा आएको जानकारी दिए ।

स्टोर औपचारिक रुपमा सञ्चालनमा आएपछि एप्पलका गुणस्तरीय उत्पादनका लागि अब काठमाडौँ वा छिमेकी मुलुक भारतसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले दाबी गरे


उनका अनुसार एप्पल कम्पनीद्वारा उत्पादित पूर्ण रेन्जका सबै सिरिजका आइफोन, आइप्याड, म्याकबुक, एप्पल वाचच र एयरपापेड्सहरु स्टोरमा उपलब्ध हुनेछन् । साथै एप्पलका सम्पूर्ण सक्कली एक्सेसरिजहरुका साथै दक्ष प्राविधिकबाट भरपर्दो मर्मतसम्भारको सुविधा समेत हुनेछ ।

अनलाइन बुकिङ, किस्ताबन्दी तथा निःशुल्क होम डेलिभरीको व्यवस्था रहेको बताइएको छ । स्टोरले उद्घाटन विशेष अफरअन्तर्गत आइफोन बुकिङ गर्ने पहिलो ११ जना ग्राहकलाई एप्पल एयरपोड्समा ४० देखि ६० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी उदघाटन भएको दिनदेखि एक हप्तासम्म पुराना सेट लिएर आउने एक हजार जना ग्राहकलाई निःशुल्क स्क्रिन गार्डको सुविधा दिइने स्टोरले जनाएको छ । ग्राहकहरुको सुविधा र विश्वासलाई मध्यनजर गर्दै पश्चिम नेपालको डिजिटल बजारमा नयाँ आयाम थप्ने विश्वास लिइएको स्टोरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का १५ सदस्यले पद तथा गोपनीयताको शपथ लिए

१२ चैत्र २०८२, बिहीबार १९:३७
समाचार सारांश Generated Using AI नेपालगञ्जको धम्बोझीमा करिब एक करोड लगानीमा अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा आएको छ।बुटवलदेखि पश्चिम क्षेत्रकै पहिलो एप्पल स्टोरमा आइफोन, म्याकबुक, आइप्याड लगायत सम्पूर्ण एप्पल उत्पादन र सेवा उपलब्ध हुनेछन्।उद्घाटन अवसरमा विशेष छुट, निःशुल्क स्क्रिन गार्ड र होम डेलिभरी जस्ता सुविधा पनि प्रदान गरिने भएको छ। यो […]