समाचार सारांश
- लुम्बिनी प्राविधिक विश्वविद्यालयले जेठ २३ र २४ गते नेपालगञ्जमा ‘रूपान्तरणका लागि प्रविधि’ नारासहित दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
- सम्मेलनमा देशभरबाट करिब २ सय सहभागी जुट्नेछन् भने आर्टिफिसियल इन्टेलिजेन्स, अर्बन वाटर म्यानेजमेन्टलगायत प्रविधि र इन्जिनियरिङका विषयमा ४१ वटा कार्यपत्र प्रस्तुत गरिनेछ।
- विश्वविद्यालयले सम्मेलनलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिमार्फत प्रदेश तथा समुदायको विकासका लागि विचार आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा लिएको छ।

नेपालगञ्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ्ग तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसंन्धान, नवप्रवर्तन तथ विकास ईकाईको आयोजना दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।
रुपान्त्रणका लागि प्रविधि भन्ने मूल नाराका साथ जेठ २३ र २४ गते नेपालगञ्ज–१४ महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजना गरिने सो राष्ट्रिय सम्मेलनमा देशभरबाट करिव २ सयको सहभागिता रहने लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिनोद ढकालले जानकारी दिए ।
उनले विभिन्न प्रकारको प्रविधिमा अनुसन्धान र अध्ययन गरि रहेका नवयुवाहरु आईडिया सेयरीङ्ग गर्ने थलोको रुपमा राष्ट्रिय सम्मेलन केन्द्रीत रहने बताए ।
विश्वविद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले लुम्बिनी प्राविधिक विश्वविद्यालयले गुणस्तरिय शिक्षाका साथै प्रविधिका माध्यामबाट समुदायलाई फाईदा दिन सकिन्छ भनेर खोजी समेत गरिने बताए ।

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधि शिक्षाको गन्तब्य बनाउदै लैजाने कुरामा जोड दिदै स्थापनाको छोटो समयमा पनि आफ्नो दरिलो उपस्थिति जनाउन सकेका दाबी गरे ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. निरज केसीले राष्ट्रिय सम्मेलनमा बिभिन्न ९ वटा सेसनमा सञ्चालन हुने बताए । उनले कार्यक्रममा प्रविधिको उच्चतम प्रयोग गरि प्रदेशको विकासको लागि सहि गन्तब्यको खोजी गर्ने पनि भएको बताए ।
सो कार्यक्रमका लागि २२ जना पिएचडि शोधार्थी, ७ जना पिएचडि, ११ जना अन्य शोधार्थी गरी ४१ जनाको कार्यपत्र प्रस्तुत हुने, आर्टिफिसियल ईटिलिजेन्सदेखि अर्वन वाटर म्यानेजमेट प्रविधि र ईञ्जिनियरिङ्गका विषयमा चर्चा गरिने कार्यक्रम तय भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. केसीले बताउदै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।



