कालिकोट, कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं. ५ ले वडाबाट दिईने एक दर्जन बढी सेवालाई निशुल्क बनाएको छ । ‘भष्ट्रचार विरुद्धको चाल, असल शासनको बहाल’ भन्ने मुल नाराका साथ शुभकालिका गाउँपालिका वडा नं.५ ले आफ्नो छुट्टै निति नियम बनाएको छ ।
विभिन्न स्थानीय सरकारहरूले कर वृद्धि गरिरहेको बेला शुभकालिकाको वडा नं. ५ ले भने नागरिकमैत्री सेवा दिने भएको छ । वडाबाट प्रदान गरिने सम्पुर्ण सेवा सुविधाहरूमा कुनै पनि किसिमको शुल्क नलाग्ने वडा अध्यक्ष केशनबहादुर शाहीले बताएका छन् । जन्म, मृत्यु, विवाह, बसाइसराई, सम्बन्ध विच्छेद, नक्सा पास लगाएतका जुनसुकै सिफारिस गर्दा कुनै पनि शुल्क नलिईने अध्यक्ष शाहीले बताए । उनका अनुसार वडाले सिफारिस सम्बन्धिका १४ वटा सेवा निशुल्क दिने भएको हो ।
Next Post
हस्तान्त्रण नहुँदै सडक जिर्ण बनेपछि उप–महानगरद्वारा मर्मत शुरु
१३ भाद्र २०७५, बुधबार १८:०७
सम्बन्धित
-
११ माघ २०७५, शुक्रबार १३:३२
पत्रकार सुवेदीको उपचारका लागि सहयोग सङ्कलन अभियान
-
१२ जेष्ठ २०८०, शुक्रबार १३:१२
विवाह गर्दा रगत जाँच गर्नुपर्ने बाध्यता
-
१२ फाल्गुन २०७५, आईतवार १७:४३
एशिया क्षेत्रीय छनोटमा नेपालको तेस्रो जीत
-
२७ कार्तिक २०८०, सोमबार १५:५६
चालिस किलो सुकुटीसहित चार जना पक्राउ
-
६ पुष २०७५, शुक्रबार १६:५७
रक्तस्राव नरोकिएपछि जहाज चार्टर गर्नुपर्ने बाध्यता
-
१९ फाल्गुन २०७६, सोमबार १६:३८
थरुहट राष्ट्रिय मोर्चाद्वारा बन्द आव्हान