पत्रकार आचारसंहिता विपरित कार्य गर्ने दुईलाई स्थानीयले लखटेपछिं…

४ भाद्र २०७५, सोमबार १८:४०
 

सदरलाइनडटकम,
नेपालगन्ज  : अनलाइन पत्रकारको आवरणमा भन्सार क्षेत्रमा पत्रकार आचार संहिता विपरित कार्य गर्ने दुई जनालाई स्थानीयले लखेटेका छन् ।
जमुनाह–नेपालगन्ज सडकखण्डको चौलिक्का नजिकै सोमबार दिउसो रुपैडिहाबाट नेपालगन्ज आउदै गरेका सर्वसाधारणलाई अनलाइन पत्रकारको नाममा चेकजाँच गर्दै सामानसमेत नियन्त्रणमा लिन खोज्ने उदयसिंह श्रेष्ठ र लक्ष्मी चौधरीलाई स्थानीयले लखेटेका हुन ।
भारतीय बजारबाट नेपालगन्ज आउदै गरेका स्थानीयलाई सामान चेकजाँच गर्दै उनीहरुले ल्याएको सामान नियन्त्रणमा लिन खोजेपछि स्थानीय आक्रोशित भएका थिए । नेपालगन्ज भन्सार कार्यालयमा नियमित ड्युटी दिदै आएका श्रेष्ठले पत्रकारको परिचय दिदै सीमा नाकामा आउजाउ गर्ने ब्यक्तिहरुलाई अनावश्यक दुःख दिदै आएको भन्दै लखटेका हुन ।
श्रेष्ठले भन्सार तथा चौलिक्का क्षेत्रमा खटेका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीका महानिरिक्षक सैलेन्द्र खनाल आफ्नो निकटको साथी भएको भन्दै उनीहरुलाई अनावश्यक दुख दिने गरेको समेत सुरक्षाकर्मीले बताएका छन् ।
यसैबीच सो घटना प्रति अनलाइन पत्रकार एशोसिएसन नेपाल नेपालगन्जले आफ्नो ध्यानकर्षण भएको जनाएको छ । एशोसिएशनका संयोजक रुद्र सुवेदीद्वारा जारी प्रेस विज्ञप्तीमा अनलाईन पत्रकारको आवरणमा रहेर पत्रकार आचारसंहिता विपरित काम गर्ने श्रेष्ठ र चौधरीको क्रियाकलापका कारण पत्रकारिता क्षेत्र नै बद्नाम गराउने कार्य भएको भन्दै त्यस्ता व्यक्तिमाथि संबन्धित निकायले समयमै ध्यान दिन समेत आग्रह गरिएको छ ।
सो घटनापछि बाँकेका अनलाईनकर्मीले भन्सार क्षेत्रमा स्थलगत रिर्पोटिङ्ग गर्न असुरक्षित महशुस गरेको हुुँदा सुरक्षाको बाताबरण बनाउन र त्यस्ता क्रियाकलाप गर्ने श्रेष्ठ र चौधरीलाई संबन्धित निकायले समय मै सचेत गराउन अनुरोध गरिएको विज्ञप्तीमा उल्लेख छ । समाचार तयार पार्दासम्म दुबै जना जिल्ला प्रहरी कार्यालय बाँकेमा छन् ।

Next Post

इमरान खानले प्रधानमन्त्री निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

४ भाद्र २०७५, सोमबार १८:४०
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार […]