सदरलाइनडटकम,
नेपालगन्ज : गैसस महासंघ नेपाल बाँकेका पूर्व अध्यक्ष तथा अधिकारकर्मी प्रभात कुमार ठकुरीले आफ्नो जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग गरेका छन् ।
५२ औं जन्मदिन मनाउने क्रममा नेपालगन्जको शान्तिपथमा रहेको निलसागर असहाय, अशक्त पुनस्थापना केन्द्र तथा जेष्ठ नागरिक सेवा केन्द्रमा पुगेर सो आश्रमको व्यवस्थापनमा खर्चने गरेर ५ हजार २ सय नगद सहयोग गरेका हुन ।
जीवन संगिनी तथा अधिकारकर्मी सरस्वती मल्ल सहित सो आश्रममा पुगेका उनले आफुले हरेक जन्मदिनको अवसरमा बालबालिका केन्दित रहेर मनाउदै आएकोमा यसपटक भने अलि फरक ढंगले मनाउने उद्देश्यले आश्रममा आएको बताए । उनले यसरी जन्मदिन मनाउन थालेको १२ वर्ष भएको जानकारी दिए ।
उनले निलसागर असहाय, अशक्त पुनस्थापना केन्द्र तथा जेष्ठ नागरिक सेवा केन्द्रका लागि आफुले निरन्तर सहयोग गर्ने पनि बताए । सो केन्द्रमा असहाय, विपन्न, अशक्त, जेष्ठ नागरिकका साथै बालबालिका समेत संरक्षणमा रहेका छन् ।
आश्रममा रहेका जेष्ठ नागरिक तथा व्यवस्थापन समितिका अध्यक्ष, सरिता खनाल, नारायण सुवेदी अमन लगायतले टिका लगाएर ठकुरीलाई जन्मदिनको आर्शिबाद दिएका थिए ।