सदरलाइनडटकम नेपालगन्जः सोमवार बिहानदेखि भईरहेको लगातार बर्षातका कारण बाँकेस्थित राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढेर चेतावनीस्तर नजिकै पुग्न लागेको छ ।
कुसुमस्थित राप्ती नदीमा दिउँसो सवा १ बजे पानीको सतह ४ दशमलव ४० मिटर रहेको बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाले बताए । उनका अनुसार पानीको स्तर ५ मिटर पुगेपछि चेतावनीस्वरुप साइरन बजाइन्छ भने ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतराको स्तर मानिन्छ ।
कुशुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगे नदी आसपासका गाउँ डुवानमा पर्ने गर्दछन् । अविरल बर्षाले राप्ती नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । नदी आसपासका बासिन्दालाई सतर्क रहन बाँके प्रशासनले आग्रह गरेको छ ।
Next Post
दाङका खोलाहरुमा बाढी आउँदा यातायात प्रभावित
२८ श्रावण २०७५, सोमबार १३:३९
सम्बन्धित
-
२४ फाल्गुन २०७६, शनिबार २०:०१
स्वास्थ्य राज्यमन्त्री रावतद्वारा सीमा क्षेत्रको हेल्थ डेस्केको स्थलगत निरिक्षण
-
२१ श्रावण २०८०, आईतवार १५:०१
क्यान्सर अस्पतालमा वर्षेनी तीस हजार बिरामीको उपचार
-
२२ भाद्र २०७५, शुक्रबार १६:५६
प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता
-
१६ असार २०७८, बुधबार १५:५४
कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु
-
१२ श्रावण २०८०, शुक्रबार १६:००
कानुनी अडचनका कारण जडीबुटीको निर्यात घट्यो
-
१ माघ २०७८, शनिबार १३:४०
नेपालगञ्जमा एभियसन म्युजियम सञ्चालित