इबोलाका कारण कंगोमा १० जनाको मृत्यु

२६ श्रावण २०७५, शनिबार १५:१०
 

काठमाडौंः पूर्वी कंगोमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले अन्य २७ जनापनि इबोलाकै कारण ज्यान गुमाएको आशंका गरेका छन् । दक्षिण किभु प्रान्तमा अगस्ट १ तारिखमा इबोलाका ४४ बिरामी भेटिएको र अन्य स्थानमा समेत शंकास्पद बिरामी फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गोमा शहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले बताएका छन् । कंगोमा इबोलाको प्रकोप सन् १९७६ देखि अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा उक्त रोगको पुष्टी भएको थियो । हाल दक्षिण किभुको बेनी क्षेत्रमा इबोलाको प्रकोप फैलिएको छ । उक्त स्थान युगाण्डा र रुवाण्डाको सिमा क्षेत्रमा पर्दछ । (एजेन्सीको सहयोगमा)

Next Post

गुल्जारे अदबद्वारा मासिक गजल गोष्ठी सम्पन्न

२६ श्रावण २०७५, शनिबार १५:१०
सदरलाइनडटकम नेपालगन्ज : गुल्जारे अदब नेपालगन्जद्वारा शनिवार मासिक गजल गोष्ठीको आयोजना गरियो । गुल्जारे अदबका अध्यक्ष अब्दुल लतीफ शौकको अध्यक्षतमा तथा अवधी सा“स्कृतिक विकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौवेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा उर्र्दू साहित्यकार मौलाना अन्सर नेपाली, नसीम कादरी, जमील अहमद हाशमी, गुल्जारे अदबका सचिव मोहम्मद […]