नेपालगन्जको डुवान (फोटो फीचर)

२० श्रावण २०७५, आईतवार १८:१८
 

शनिवार दिउँसोबाट परेको अविरल वर्षाको कारण नेपालगन्ज जलमग्न भएको छ । सो वर्षातको कारण नेपालगन्जका पुरानो वस्तीका अघिकांश घरहरु डुवानमा परेका छन् । नेपालगन्जको सेतुविक चोक र घरबारीटोल सवैभन्दा बढि प्रभावित भएको छ ।

नेपालगन्जको सुर्खेतरोडमा नाली जाम भएर बाटो मै पानी बगेको थियो भने नालीमा फोहर थुप्रिएको कारण पानी जलमग्न भएको हो । सेतुविक चोक र घरबारीटोलमा पानी निकास नभएका कारण जलमग्न भएको विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक एवम् नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।


शुक्रबार साँझदेखि अलि अलि पानी पर्न सुरु गरे पनि आईतबार बिहानबाट परेको पानीका करण सुर्खेतरोड, घरबारीटोल, सेतुविक चोक, बेलासपुर, रानीतलाउ लगायतको क्षेत्रमा डुवान भएको छ । नेपालगन्जको डुवान क्षेत्रमा जनप्रतिनिधि नपुगेको गुनासो आई रहेको बेलामा क्यामेरामा खिचिएका तस्बीर ।
शब्द / तस्बीर : राज सुवेदी / सौजन्य श्रेष्ठ

    

Next Post

ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

२० श्रावण २०७५, आईतवार १८:१८
तुलसीपुर, दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन । एउटा विद्यालयमा अध्ययनरत छात्रछात्रा अर्को विद्यालयमा अध्ययन गर्न जाँदा […]

सम्बन्धित