सुर्खेत– सबैभन्दा गरिव प्रदेशका रुपमा रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री भन्दा मन्त्रीहरु धनि देखिएका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार कर्णालीका मन्त्री भन्दा मुख्यमन्त्री गरिव देखिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मंगलवार सार्वजनिक गरेको सम्पति विवरण अनुसार करोडौंका कारोवारीदेखि भेडा मालिकसम्मको सम्पतिले मन्त्रीहरु धनि देखिएका हुन् । विवाह गर्दा पाएको दाइजोदेखि अंशवण्डा गर्न बाँकी रहेको सम्पति विवरण मन्त्रीहरुले पेश गरेका छन् । कर्णाली प्रदेशका सात जनामन्त्री मध्ये अधिकांश मन्त्रीहरु धनि देखिएका छन्।
मुख्यमन्त्रीसँग १५ लाखको मारुती कार
अन्य मन्त्रीको तुलनामा सबैभन्दा कम सम्पति देखिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग मारुती कार छ । १५ लाख बराबरको मारुती कार रहेको उनले सम्पति विवरण पेश गरेका छन्।
गाउँमा प्रशस्तै जमिन उल्लेख गरेका शाहीले एकलाख बराबरका ५ हजार कुखुरा पालन गरेको पनि सम्पत्ती विवरणमा उल्लेख गरेका छन् भने तरकारी उत्पादनका लागि पाँच रोपनीमा दुईलाख ५० हजार खरिद गरेका छन् । उनीसँग पुर्खाको दुई सय तोला चाँदी छ।
मुख्यमन्त्री शाहीसँग पुख्र्यौली ६ तोला सुन रहेको छ भने, दुईसय तोला चाँदी रहेको छ । एभरेष्ट बैंकमा दुईलाख र राष्ट्रिय वाणिज्य बैंकमा पाँचलाख गरि जम्मा सात लान नगद बैक मौज्दात रहेको उनले विवरण बुझाएका छन्।
आफ्नो व्यवसाय र पारिश्रमिकबाट उक्त रकम आर्जन गरेको उल्लेख गरेका छन् । उनको सम्पति विवरण अनुसार कृषि सहकारी संस्थामा दश हजार तथा सुर्जा मल्टी प्रपोज कम्पनीमा १० लाख लगानी देखिएको छ ।
बुबा धनबहादुर शाहीको नाममा पाचालझरना गाउँपालिका ९ मा पाँच रोपनीमा एक घर रहेको छ । बुवा धनबहादुरकै नाउमा विभिन्न कित्तामा २५ हजार वर्गकिलोमिटर क्षेत्रमा अंशवण्डा नभएको पुख्र्यौली जमिन रहेको उल्लेख गरिएको छ । पत्नी चन्द्रा शाहीको नाउमा कैलालीको टिकापुरमा दुई लाख ३५ हजारमा खरिद गरिएको ०.०१६९५० वर्गमिटर जग्गा छ ।
अर्थमन्त्रीको जग्गा धेरै
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि धनी देखिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि धनी देखिएका छन् ।
उनको विभिन्न ठाउँमा घरजग्गा, विभिन्न कम्पनीमा सेयर र बैंकमा वचत रकम रहेको सम्पति विवरणमा उल्लेख छ । काठमाडौंमा आफ्नै नाममा, सल्यानमा भाइको नाममा र बर्दियामा आमाको नाममा घर छ । उनले बुझाएको सम्पति विवरण अनुसार काठमाडौं महानगरपालिका–१६ र सल्यान शारदा नगरपालिका, दाङको तुलसीपुर र घोराहीमा आफ्नै नाममा जग्गा छ।
बर्दियाको बाँसगढीमा आमाको नाममा ४ ठाउँमा, बलबहादुर साहुको नाममा बर्दिया र सल्यान गरी दुई ठाउँमा र भतिज सन्तोष विसी नाममा घोराहीमा जग्गा छ । उनीसँग नगद १५ लाख, ३ तोला सुन र १० तोला चाँदी रहेको छ । एभरेस्ट बैंकमा १२ लाख, कृषि विकास बैंकमा ४ लाख १० हजार र राष्ट्रिय बाणिज्य बैंकमा ५० हजार रुपैयाँ रहेको सम्पत्ति विवरण्मा उल्लेख छ । ज्वालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा छोरा र आफ्नो नाममा ५० लाख ६५ हजार बराबरको सेयर रहेको र ३७ लाख ऋण छ ।
केसी गरिव मन्त्री
संघीय मुलुकका सात प्रदेशमध्ये सबै भन्दा गरिव कर्णाली प्रदेशमा अधिकांश मन्त्रीहरु धनि देखिएका छन् । उनीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार अधिकांश मन्त्रीसँग तोला सुनचाँदी, लाखौ बैक मौज्दात, विगा जग्गा रहेको छ । तर, भूमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री विमला केसीको भने सबैभन्दा गरिव देखिएकी छन् ।
उनले पेश गरेको विवरण अनुसार आफ्नो कमाईबाट कुनै अचल सम्पति देखिएको छैन् । अचल सम्पतिमा रुकुमको सिम्लीमा ४५ वर्ग मिटर पैत्रिक जग्गा मात्रै रहेको विवरण उनले बुझाएकी छन् । कर्णालीका सात मन्त्री मध्ये सून चाँदी नभएकी एक्ली मन्त्री हुन् केसी।
उनले बैंक वित्तिय संस्था, सहकारी संस्थामा पनि रकम जम्मा नभएको विवरण मन्त्री केसीले पेश गरेकी छन् । केसी संस्थापक रहेको पिपुल्स इनर्जि लिमिटेडमा १५ लाख रुपैयाँ कुखुरापालन र रेष्टुरेन्ट सञ्चालनबाट जम्मा भएको विवरण सार्वजनिक गरिएको छ।
मन्त्री रावल ‘बथान भेडा’ का माली
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलको घरमा एक बथान भेडा रहेका छन् । मन्त्री रावलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको सम्पति विवरण अनुसार उनको घरमा एक बथान भेडा बाख्रा रहेका छन् । ५४ भेडा, तीन भैसी, ११ गाई गोरु मालिकका रुपमा मन्त्री रावल देखिएका छन् । हुम्ला जिल्लाबाट सांसद बनेका मन्त्री रावलले पैत्रिक सम्पतिका रुपमा भेडाबाख्रा रहेको विवरण बुझाएका छन् ।
चल सम्पतिमा ५५ तोला सुन र एक सय ५० तोला चाँदी दाइजो, पारिश्रमिक र भक्ताबाट जम्मा गरेको विवरणमा उल्लेख छ । वित्तिय संस्था अन्तरगत रावलको नाममा नेपाल एसविआई बैंकमा विभिन्न स्रोतबाट एक लाख ५३ हजार नगद रहेको छ । श्रीमति अनिता केसी (रावल)को नाममा सनराइज बैकमा २४ लाख र राष्ट्रिय वाणिज्य बैकमा एक लाख ६५ हजार रुपैयाँ रहेको छ ।
श्रीमति र आफ्नो नाममा गरि जम्मा २७ लाख १८ हजार रुपैयाँ बैकमा रहेको छ । अचल सम्पतिमा श्रीमतिको नाममा बाँके उपमहानगर नगरपालि–४ मा तीन सय ४२ वर्ग मिटर पैत्रिक सम्पति र पारिश्रमिक बाट दुई तलाको घर छ भने हुम्लाको सिमिकोट गाउँपालिकामा ५१ लाख बराबरको दुई तलाको घर रहेको विवरण मन्त्री रावलले बुझाएका छन् ।
उनले बुझाएको विवरण अनुसार जयरुप रावलको नाममा सर्काेगाउँ गाउँपालिका–४ मा पुर्खेउली दुई वटा घर छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा पारिश्रमिकबाट प्राप्त २५ लाख रुपैयाँमा खरिद गरेको जग्गा रहेको छ । हुम्लाको सर्काेगाड गाउँपालिका (साविकको साँया गाविसमा ) ३५ रोपनी (२० हजार ८० वर्ग मिटर) जग्गा बुबा जयरुप रावलको नाममा रहेको विवरण पेश गरेका छन् । उनीसँग सवारी साधन भने छैन् ।
मन्त्री भण्डारीले भाई भाग गर्नै बाँकी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफ्ना भाईहरुलाई पैतिक सम्पतिको भाग दिन बाँकी रहेको विवरण बुझाएका छन् । उनको सम्पति विवरण अनुसार बुबा हरीबहादुर भण्डारीको नाउँमा रहेको दुई घर र ७६ हजार वर्गमिटर जग्गा भाई भाग लगाउन बाँकी रहेको उल्लेख छ ।
जुम्लाको देपागाउँ र बाँकेको गणेशपुरमा घर भएका उनले बुवा हरिबहादुरका नाममा रहेको जग्गासहित पैतिक सम्पत्ती ६ जना संगोलको अंशवण्डा नभएको उल्लेख छ ।
उनले बुझाएको विवरण अनुसार मुख्यमन्त्रीको भन्दा सुन दोब्बर भन्दा बढी देखिएको छ । उनीसँग १५ तोला सुन र १० तोला चाँदी पुख्र्यौली सम्पत्ती छ । एभरेष्ट बैंकमा एक लाख रुपैयाँ नगद छ भने, एउटा मोटरसाइकल देखाएका छन् । २८ हजार पर्ने सामसुङ् जे सेभेनको र १६ हजार पर्ने ओप्पो कम्पनीको मोबाइल उनले हाल चलाइसहेका छन् ।
भौतिक मन्त्रीसँग छैन् घर
कर्णालीमा सबैभन्दा धनी मन्त्री भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीसँग घर नभएको विवरण बुझाएका छन् । निर्माण व्यवसायीसमेत रहेका उनको बैंकमा करोडभन्दा बढी वचत, ट्रक, ट्रिपर, जिप, एक्साभेटर गरी दर्जनौं सवारी साधन भएपनि घर भएको विवरण बुझाएका छैनन् ।
मन्त्री भएदेखि सरकारी आवास सुविधा नपाएका उनीले सम्पत्ति विवरणमा उनको घर भने देखिएको छैन । तर, सुर्खेत, कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा धेरै जग्गा देखाएका छन् । सुर्खेतको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा छ
बाँकेको कोहलपुर, खजुरा र गणापुरमा उनको झण्डै ४ विघा जग्गा रहेको छ । उनको काठमाडौंको बुढानिलकण्ठमा २ रोपनी र भक्तपुरको चाँगुनारायणमा २ रोपनी जग्गा रहेको छ । कैलालीको कैलारी गाउँपालिकामा झण्डै ३ विघा र धनगढीमा डेढ कठ्ठा जग्गा छ ।
मन्त्री खत्रीको २१ तोला सुन छ भने आफू, पत्नी र प्रदीप कन्स्ट्रक्सनको नाममा गरी विभिन्न बैंकमा ७५ लाख रुपैयाँ नगद रहेको छ । उनको आफ्नै नाममा विभिन्न बैंकको गरी ११ करोड ८६ लाख रुपैयाँको सेयर रहेको छ ।
उनले केवी एण्ड हिमाल ग्रुप र प्रदीप कन्स्ट्रक्सनको नाममा विभिन्न बैंकबाट ऋण पनि लिएका छन् । उनको नेपाल बंगलादेश बैंकमा ४७ लाख, नेपाल बंगलादेश बैंकमा १ करोड १२ लाख, प्राइम सहकारीमा १५ लाख रुपैयाँ ऋण देखाएका छन् ।
उनको प्रदीप कन्स्ट्रक्सनको नाममा ३ वटा जीप, ३ वटा मोटरसाइकल, ५ वटा एक्साभेटर, ८ वटा ट्रिपर, एउटा टेलर ट्रयाक्टर, एउटा लोडर, ३ वटा ट्रक रहेको छ । पत्नीको नाममा एउटा स्कुटर पनि रहेको छ । कर्णालीका मन्त्रीहरुले बुझाएको विवरण अनुसार उनी सबैमन्त्री भन्दा धनि देखिएका छन् ।
मन्त्री बुढासँग एक किलो चाँदी
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले १५ तोला सुन रहेको बुझाएको सम्पति विवरण बुझाएका छन् । उनले बुझाएको सम्पति विवरण अनुसार एक किलो चाँदी रहेको छ ।
डोल्पामा करिब २ रोपनी जग्गामा चार वटा घर छन् । डोल्पामा आफ्नो र बुवाको नाममा पुख्र्यौली जग्गा र १५ वटा गाई, घोडा, भेडा र बाख्रा रहेका छन् ।
(देशसंचारबाट)