कोहलपुरको जीवन ज्योति चर्चमा गएराति आगलागी

२२ बैशाख २०७५, शनिबार १२:५६
 

सदरलाइनडटकम 
२२ बैशाख, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १० स्थित रामनगरमा जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा गए राति आगलागी भएको छ । सो घटनामा परि मानविय क्षति नभए पनि भौतिक क्षति भने भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले गयराति करिब १ बजेको समयमा आगलागी भएको र प्रहरीलाई २ बजेमात्र खबर भएको जानकारी दिए ।
सो आगलागीबाट प्राथना गर्ने हलमा भएका सबै सामान, कार्पेट, पंखा आदी जलेर नष्ट भएको छ । सो कम्पाउण्ड परिसरमा बस्नेले नै आगलागीको जानकारी पाएपछि चर्चका पाष्टरलाई खबर गरि चर्च मै रहेको मोटर चलाई आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा सो चर्चमा अज्ञात समुहले आगजनी गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्ंधान सुरु गरेको जनाएको छ ।

Next Post

काठमाडौंमा नेपाल, न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिका स्पाईन कन्फ्रेन्स–२०१८ सम्पन्न

२२ बैशाख २०७५, शनिबार १२:५६
सदरलाइनडटकम २२ बैशाख, काठमाण्डौ : मेरुदण्ड (ढाड) सम्बन्धी बिभिन्न समस्याहरु तथा रोगहरुको र उपचारमा भई रहेको बिश्वब्यापी अभ्यासबारे गहन छलफल गर्न काठमाडौंमा न्यूजिल्याण्ड, अष्ट्रेलिया, अमेरिका स्पाईन कन्फ्रेन्स–२०१८ सम्पन्न भएको छ । ‘स्पाईनल डिफर्मिटि एण्ड इम्व्यालेन्स–ग्लोबल ट्रेन्डस’ शिर्षक दिइएको सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए […]

सम्बन्धित