बाँकेको खजुरा–१ मा वडास्तरीय बालक्लब सञ्जाल

२० बैशाख २०७५, बिहीबार १७:५३
 

सदरलाइनडटकम
२० बैशाख, खजुरा (बाँके) :  बाँकेको खजूरा गाउँपालिका–१ राधापुरमा वडास्तरिय बालक्लब सञ्जाल गठन गरिएको छ । राधापुरका साविक ९ वटा वडाको ८ वटा टोलमा टोलस्तरीय बालक्लब गठन गरिसकेपछि वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको हो ।
वडा अध्यक्ष सुमन मल्लको प्रमुख आतिथ्यतामा ८ वटै टोलको संयुक्त भेलाले सुशील गुरुङको अध्यक्षतामा वडास्तरीय बालक्लब सञ्जाल गठन गरेको छ । १५ सदस्यीय संजालको उपाध्यक्षमा दीपा सुनार, सचिवमा आँचल थापा, सहसचिवमा नविना थापा र कोषाध्यक्षमा बिना थापा रहेका छन् । संजाल गठनमा जिल्ला बालक्लब संजालका अध्यक्ष स्वेता गुरुङ सहजकर्ता मनकुमारी थापा लगायतले सहजिकरण गरेका थिए ।
जिल्ला बालक्लब संजालका अध्यक्ष गुरुङले बालक्लबले गर्नुपर्ने कार्य लगायतका बिषयमा सहजिकरण गरेकी थिइन् । खजूरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले बालक्लबलाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिए ।
खजुरा गाउँपालिकाको सहकार्यमा टोलस्तरीय र वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको हो । सो अवसरमा खजूरा गाउँपालिका कार्यपालिका सदस्य फत्ते कुमारी जैसी, वडा सदस्य दीपा विक, स्थानीय समाजसेवी मगनसिंह थापाको उपस्थितीमा टोलका बालबालिकाको भेलाले टोलस्तरीय बालक्लब गठन गरेको छ । 

Next Post

सुन तस्करीको ‘स्वर्ग’ नेपाल

२० बैशाख २०७५, बिहीबार १७:५३
सदरलाइनडटकम २० बैशाख, नेपालगन्ज :  मुलुकको एक मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीको ‘स्वर्ग’ बनेको रहस्य खुलेको छ । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न बनेको समितिले विमानस्थलबाट हुने सुन तस्करीको पाटोलाई भित्रैसम्म पुगेर केलाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको […]