महिना दिनदेखि वडा कार्यालय बन्द, सेवाग्राही प्रत्यक्ष मारमा

१३ बैशाख २०७५, बिहीबार १४:३०
 

सदरलाइन / शुभाकर विश्वकर्मा   
१३ बैशाख, जुम्ला  : जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्वर ४ को वडा कार्यालय गत २० दिनदेखि बन्द हुदा सेवाग्राही मर्कामा परेका छन् । विगत २० दिनदेखि वडा कार्यालयका कर्माचारी कार्यालयमा नहुदा सेवाग्राही मर्कामा परेका हुन् । वडा नम्वर ४ को वडा कार्यालयमा कार्यरत वडा सचिब लक्ष्मी परियार गत चैत्त २० गते क्रिया विदामा छन् ।
सचिव क्रिया विदामा वसेको र अन्य कर्मचारीको व्यावस्था नहुदा ४ नम्बर वडा कार्यालय बन्द अबस्थामा भेटिएको हो । वडा कार्यालयमा सेवा लिन आउने नागरिक सेवा नलिएरै फर्किने गरेका छन् ।
वडा नम्बर २ को कार्यालयबाट सेवा दिने गरेको भएपनि प्रभावकारी हुन सकेको छैन । स्थानीय तहको निर्वाचन भएको झण्डै एक वर्ष बित्न लाग्दा समेत तिन वटा वडा कार्यालय एकै भवनमा संञ्चालन भईरहेका हुन् ।
यस्तै वडा अध्यक्ष अध्यक्ष जगदिस चौलागाई पनि बिदामा हुँदा वडा कार्यालय नै ताला बन्द छ । सेवा लिन आउने नागरिकहरुलाई आफ्नो कार्यालयबाट सेवा दिएको वडा नम्वर २ को वडा कार्यालयमा कार्यरत सचिब मिना बुढ्थापाले बताईन् ।

Next Post

२५ टन खेसरीको दाल बरामद

१३ बैशाख २०७५, बिहीबार १४:३०
सदरलाइनडटकम १३ बैशाख, काेहलपुर (बाँके)  : प्रहरीले बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा अबैध खेसरी (अँकरा) को दाल बरामद गरेको छ । ५ नंम्बर प्रदेश अन्तरगत क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बर्दियाका बलबहादुर भण्डारीको ट्रकबाट अबैध खेसरीको २५ टन दाल बरामद […]