सदरलाइनडटकम,
५ बैशाख, खजुरा (बाँके) : बाँकेको खजुरागाउँपालिका वडानम्वर ५ का ज्येष्ठ नागरिकलाई बुधबार झुल तथा टर्चलाइट वितरण गरिएको छ । लक्षित वर्गको बजेटबाट वडा नम्वर पाँचमा रहेका २ सय ३० जना ज्येष्ठ नागरिकलाई किटनाशक झुल र टर्चलाइट वितरण गरिएको वडाअध्यक्ष देवेन्द्रमान श्रेष्ठले जानकारी दिए ।
ज्येष्ठ नागरिकलाई लामखुट्टे देखि जोगाउन किटनाशक सुपानेट झुल वितरण गरीएको वडा अध्यक्ष श्रेष्ठले बताए । गर्मि बढ्दै गएकाले लामखुट्टेको टोकाईले लाग्ने रोगबाट जोगाउन गाउँपालिकाले अधिकाश ज्येष्ठ नागरिकलाई प्रत्येक वडा कार्यलय मार्फत सुपानेट झुल वितरण गर्दे आएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडा अध्यक्ष श्रेष्ठले आगामि योजनामा थप सेवा प्रदान गर्ने जनाए । यसअघि खजुरा गाउँपालिकाका विभिन्न वडाहरुले वडावासी ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिसकेका छन् ।
Next Post
लुम्बिनी यात्रीज र रोल्पा गोरिल्लाज विजयी
५ बैशाख २०७५, बुधबार १८:२९
सम्बन्धित
-
१ चैत्र २०७८, मंगलवार १७:०७
रुस र युक्रेनबीच जारी युद्धको असर नेपालगञ्जको भान्सासम्मै
-
२७ जेष्ठ २०७६, सोमबार १८:४६
पाँच लाख दिने सहमतिमा शव उठाइयो
-
८ जेष्ठ २०७५, मंगलवार ११:५५
सडक चौडा पार्नका लागि सहमतिमै डोजर लगाईयो
-
५ कार्तिक २०७९, शनिबार ११:२६
नरैनापुरमा सडक बिजुली पुराउने ‘नमुना’ कै फेरी चर्चा
-
३० बैशाख २०७५, आईतवार १७:३२
अस्पतालको निरिक्षण
-
३ माघ २०८०, बुधबार १७:५३
अत्याधिक चिसो बढ्दा पनि नागरिकले पाएनन् दाउरा