१३ वर्षपछि परिवार खोज्दै सरोज कोहलपुरमा

१७ चैत्र २०७४, शनिबार १९:४६
 

सदरलाइनडटकम  
१७ चैत, नेपालगन्ज  : बाबु आमाकै मनमुटावका कारण आमासँगै भारत छिरेका कोहलपुरका एक युवक अहिले आफ्नो परिवार खोज्दै घर फर्केका छन् ।
संकटकालको समयमा विसं २०५७ सालमा ४ वर्षको हुँदा आमा अर्को विवाह गरेर हिँडेपछि आमासँगै भारत गएका सरोज श्रेष्ठ नाम बताउने युवक १३ वर्षपछि परिवार खोज्दै नेपालगन्ज आइपुगेका हुन् ।
आफ्नो आमासँगै हिडेका बाबुको थर जोडेर श्रेष्ठ भएका सरोजले आफ्नो परिवारका सदस्यहरु खोज्नको लागि आएको बताउदै भने–‘बुबा र आमा बीचमा झगडा हुँदा मलाई पनि सँगै लिएर अर्कैसँग हिड्नुभएछ, सानो हुँदा मलाई कुनै याद भएन’ उनले भने, ‘पछि आमाले मामाघर कोहलपुरमा भएको र बुबाको घर जुम्ला भएको भनेपछि अहिले आफन्त खोज्दै आएको हुँ ।’
उनले अञ्जना (परिवारमा अञ्जली) बताउने आफ्नी आमा र भारतमा सँगै गएका ज्ञानबहादुरको पनि त्यही निधन भयो । उनले आफ्नी आमाले दीदीहरु कोहलपुरमा मामाको घरमा रहेकाले खोज्दै बुवाकोमा जानु भनेको तर सानै हुँदा बुवाको बारेमा समेत कुनै याद नभएको बताए ।
फागुन १३ गते नेपालगन्ज आइपुगेका सरोज अहिले एकजना चिनेकोमा बसिरहेका छन् । धेरै खोजेपछि सञ्चारमाध्यमबाट आफुलाई परिवारले सम्पर्कमा आइदिन अनुरोध गरेका छन् । ममाघरमा रहेकी दिदीको नाम सुजिता र कान्छीको नाम मनिसा भएको सरोज बताउँछन् ।
आमाको निधनपछि भारत हुँदै काठमाडौं पुगेका सरोजले परिवारको सम्पर्कमा आउने चाहेको तर उनीहरुको जानकारी नहुँदा कोहलपुरमा अलपत्र परेका बताएका छन् । ‘मामा मगर हुन्, पहिला दिल्लीमा काम गर्नुहुन्थ्यो रे, दीदीहरु पनि मामाघरमै हुनुहुन्छकी बुबासँग जानुभयो पत्तो छैन, जसरी भएपनि मलाई चिन्न मेरा आफन्तलाई गुहार गर्दछु’ उनले भने ।
उनले मामापट्टीका, बुवा अथावा दिदीहरु सबैलाई आफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । उनलाई चिन्नसक्नेले आफ्नो मोबाइल ९८०३९१०१३० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Next Post

हनुमान जयन्तीमा बिशाल शोभा यात्रा

१७ चैत्र २०७४, शनिबार १९:४६
सदरलाइनडटकम  १७ चैत, नेपालगन्ज : हनुमान जयन्तीको अवसरमा शनिवार नेपालगन्जमा बिशाल शोभायात्रा निकालिएको छ । बिहान नेपालगन्ज नगरक्षेत्र भित्र हनुमान भक्तहरुले शोभा यात्रा निकालेका थिए । शोभायात्रा शितलनगर मन्दिरदेखि शुरु भइ त्रिभुवन चोक, न्यूरोड, सेतु बिक चोक, धम्बोझी चोक, घरबारीटोल, सुर्खेतरोड हुदै परिक्रमा गरेर हनुमान गढी हनुमत गौशालामा पुगेर समापन […]