न्यायाधीशका लागि को–को उतिर्ण भए ?

१५ चैत्र २०७४, बिहीबार ११:२६
 

सदरलाइनडटकम
१५ चैत, नेपालगन्ज :  न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । परीक्षामा आधा परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । ३० जनाको लागि भएको परीक्षामा १६ जना उत्तीर्ण भएका हुन् ।
उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन् । १४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन् । ३० जनाका लागि ४ सय २४ जनाले आवेदन दिएका थिए । परीक्षामा ३ सय ७३ जना सहभागी भएका थिए । समावेशी अन्तर्गत मधेशी र दलित कोटामा कोही पनि उत्तीर्ण भएनन् ।
पहिलो पटक खुला प्रतिस्पर्धाबाट भएको पदपूर्तिमा समावेश भएका करिव दुई सय कानून व्यवसायीले लिखित परीक्षा पास गर्न सकेनन् । परीक्षाको लिखित नतिजा अब आयोगले न्याय परिषदलाई हस्तान्तरण गर्नेछ । परिषदले उत्तीर्ण न्यायाधीशलाई नियुक्त र पदस्थापन गर्नेछ ।

Next Post

भौतिक पूर्वाधारको काम धमाधम

१५ चैत्र २०७४, बिहीबार ११:२६
सदरलाइनडटकम १५ चैत, नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित भौतिक पूर्वाधारको काम यतिबेला धमाधम भइरहेको छ । राष्ट्रिय प्रतियोगितालाई मध्ययनजर गर्दै यतिबेला नेपालगन्ज रंगशालामा पदाधिकारी, कर्मचारी र प्राविधिक मजदुरहरु निकै व्यस्त देखिएका छन् । बिहिवार नेपालगन्ज रंगशालामा निर्माण भइरहेको अन्र्तराष्ट्रिय मापदण्डको पौडीपोखरीको क्षत ढलान भयो । केही दिन अघि […]