वडा नम्वर १० मा एक महिने सिलाई कटाई तथा व्याग बनाउने तालिम

८ चैत्र २०७४, बिहीबार १८:५९
 

सदरलाइनडटकम
८ चैत, नेपालगन्ज  : महिलालाई आयआर्जनका साथ सक्षम बनाउने उद्देश्यले नेपालगन्ज वडान. १० मा एक महिने सिलाई कटाई तथा व्याग बनाउने तालिम सञ्चालनमा ल्याइएको छ ।
वडा न १० वडा समितिको कार्यालयले एकिकृत सामाजिक विकास केन्द्र(आइएसडीसी)को सहजीकरणमा महिलाहरुका लागि तालिम शुरु गरिएको हो ।
स्थानीय बेरोजगार महिलाहरुलाई लक्षित गरेर लक्षित वर्ग कार्यक्रमबाट तालिम सञ्चालनमा ल्याइएको वडा महिला सदस्य बसन्ता जोशीले जानकारी दिए । तालिम उदघाटन गर्दै वडा न १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेतले रोजगारीको माध्यम बन्ने सक्ने यस्ता तालिमलाई भरपुर सदुपयोग गर्न सहभागिलाई आग्रह गरे ।
सहजकर्ता संस्था एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चीत्र बहादुर केसीले तालिमलाई अवसरका रुपमा अनुशरण गर्न आहवान गर्दै सक्रिय सहभागितामा जोड दिए । १० जना महिलाको सहभागिता रहेको तालिममा साडी कडाई, धागो रङ्ग्याउने, झोला बनाउने लगायतका विषयमा सिकाइने प्रशिक्षक कल्पना सुनार जानकारी दिईन ।
अर्की प्रशिक्षक उमा सुनारका अनुसार दैनिक ६ घन्टाका दरले सहभागिहरुलाई व्यवहारिक कक्षा दिएर स्वयं रोजगार गर्न सक्ने बनाइने छ । केन्द्रका कार्यक्रम संयोजक विजय मल्लद्धारा सञ्चालित कार्यक्रममा वडा सदस्य नरबहादुर विष्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै सहभागिहरुले आयोजक र प्रशिक्षकसँग विभिन्न जिशासा राखेपछि त्यसको जवाफ समेत दिइएको थियो ।


 

Next Post

आजदेखि कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन

८ चैत्र २०७४, बिहीबार १८:५९
सदरलाइनडटकम ९ चैत, नेपालगन्ज : नेपालगन्जमा शुक्रबार (आज) देखि शुरु हुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनमा भाग लिन सम्मेलनमा सहभागि हुने कानुन व्यवसायीहरु नेपालगन्जमा आईपुगेका छन् । सम्मेलनका बिशिष्ट अतिथी कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी बिहीबार नै नेपालगन्ज आइपुगेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी शुक्रबार (आज) मात्र आउने भएकी छन् । चैत […]