सदरलाइनडटकम
१ चैत, नेपालगन्ज : २० वर्ष पुराना सवारी साधन प्रतिबन्ध गरेपछि ट्राफिक प्रहरीले बिहिवार कोहलपुरको चप्परगौडीबाट दुईवटा ट्रक बरामद गरेको छ । निकै पुरानो अवस्थाका ती ट्रकहरु बरामद गरी यातायात व्यवस्था कार्यालय भेरीको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिए ।
उनका अनुसार चैत्र १ गतेबाट २० वर्ष पुराना सवारीसाधन चलाउन प्रतिबन्ध लगाएपछि बांकेमा पनि निगरानी सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय भेरीसंग समन्वय गरे सबैतिर निगरानी बढाइएको थापाले बताए । सरकारी निर्देशन प्राप्त हुनासाथ कारवाही शुरु भएको उनले उल्लेख गरेका छन् ।
प्रदुषण हुने भएका कारण सरकारले यस्ता गाडीहरु चल्न प्रतिबन्ध लगाएको हो । बांकेमा यस्ता सवारीसाधनहरु कति छन् भन्ने थाहा नभएपनि भित्रि बाटोमा यस्ता सवारीसाधन चलाइएको अनुमान छ ।
Next Post
भारतबाट उद्दार गरी ल्याईएका दुई बालकलाई घर पठाईयो
१ चैत्र २०७४, बिहीबार १३:३४
सम्बन्धित
-
९ पुष २०७८, शुक्रबार १४:४१
डुडुवामा अत्याधुनिक कोल्ड स्टोरको निर्माण कार्य तीब्र
-
१७ बैशाख २०७९, शनिबार १९:५६
राप्तीसोनारीमा काँग्रेसका उम्मेदवारद्वारा घरदैलो अभियान तिव्र पार्दै
-
२३ कार्तिक २०७५, शुक्रबार १६:५६
तिहारलगत्तै छठको तयारीमा जुटे मिथिलावासी
-
६ जेष्ठ २०८०, शनिबार १५:५३
बाँकेमा एमालेको पुस्तकालय नियमित गरिने
-
११ कार्तिक २०७५, आईतवार १५:००
भारतको निमन्त्रणा अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार
-
२३ भाद्र २०८०, शनिबार १५:०७
नेपालगञ्जमा रहेको प्रहरी विशेष सुरक्षा गण सुर्खेतमा सारिने