सदरलाइनडटकम
७ फागुन, नेपालगन्ज : पश्चिम नेपालको प्रमुख पर्यटकिय केन्द्र रारा ताललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि मुगुको रारामा युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । लियो डिस्ट्रिक्ट काउन्सील ३२५ बी–२ र नेपाल रिजन–१० अन्र्गतका चारवटा लियो क्लबहरुको आयोजनामा ‘लियो अन्तर्राष्ट्रिय रारा युथ क्याम्प २०७४’ हुने भएको हो ।
राराको पर्यटन प्रबद्र्धन र कर्णालीको सस्कृतिको पहिचान अन्तर्राष्ट्रिय स्तरमा झल्काउन यही फागुन १७ गतेदेखि १९ गतेसम्म तीन दिने युवाहरुको सम्मेलन मुगुको रारा तालमा हुने आयोजकले जनाएको छ । देशभरीका ९० वटा लियो क्लब एकसय जना युवाहरु र सार्क राष्ट्रका केही युवाहरुको क्याम्प रारामा हुनेछ । युवाहरुमा भाइचारा बृद्धि गरी सामाजिक कार्यमा सक्रिय गराउने, प्राकृतिक सुन्दरता र कर्णाली अञ्चलको स्थलगत अवलोकन, अन्तर्राष्ट्रिय तथा बाह्य पर्यटन प्रवद्र्धन र पश्चिम नेपालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ युवाहरुको सम्मेलन हुने लागेको आयोजकले जनाएको छ ।
आयोजकले यस सम्मेलनबाट राराको पर्यटन प्रबद्र्धन, कर्णालीको सुन्दरता सबै सामु छर्लङ्ग पार्नुका साथै सास्कृतिक पहिचानलाई सबैमाझ उजागर गर्ने बताएको छ । लियोका रिजन को–अर्डिनेटर शिशिर सापकोटाले आफुहरुले राराको संरक्षण र पर्यटन प्रबद्र्धन गरी कर्णालीको आर्थिक क्षेत्रमा टेवा पु¥याउन सम्मेलनबाट आह्वान गर्ने बताए । ‘त्यहाँ देशभरीका युवाहरु आउनेछन, जहाँ कर्णालीको दुर्घमताबारे रहेका भ्रमहरु समेत मेटिनेछन्’ उनले भने, ‘जस कारण कर्णालीका सम्भावना र आर्थिक स्तर बृद्धिका लागि युवा जनशक्तिको तर्फबाट हुनेसक्ने पहलका विषयमा पनि बहस गरिनेछ ।’ हवाई जहाज र सडक मार्गबाट जाने समूहले मुगुका सामुदायिक विद्यालयमा सहयोग समेत गर्ने जनाएको छ ।
उनीहरुले राराको नेपाल राष्ट्रिय निमावि मुर्माका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण, विद्यार्थीहरुमा स्वास्थ्य चेतना, स्थानीय सरकारका प्रतिनिधिहरुसँग राराको प्रवद्र्धन र कर्णालीका समृद्धिका सम्भावनाका विषयमा अन्तरक्रिया गर्ने जनाएको छ । यस्तै, कर्णालीका सांस्कृतिक पहिचान बाकेका लोक झाँकी, देउडा, घोडचढी, जैविक उत्पादनको समेत अवलोकन गर्नेछन् । रारा परिसरमा योग शिविर र कवि गोष्ठीको आयोजना समेत गरिने क्याम्प व्यवस्थापनका संयोजक विवेक श्रेष्ठले जानकारी दिए । युवाहरुले व्यक्तिगत रुपमा १५ हजार रुपैयाँ संकलन गरी अन्र्राष्ट्रिय स्तरको सम्मेलनको आयोजना गरेका हुन् । जसमा ६० जना हवाई जहाजबाट जाने र ४० जना सडक मार्ग मार्फत जाने जनाएका छन् ।
आयोजकले फागुन १७ गते बिहान नेपालगन्जमा युथ क्याम्पको उद्घाटन गरी दिउसो मुगु जानेछन् । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा कर्णालीलाई पहिचान गराउनुका साथै कर्णालीको विकटता र समस्याका विषयमा उजागर गरी कर्णालीको सम्भावना पहिल्याउन क्याम्पले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।