प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच बालुवाटारमा वार्ता

१९ माघ २०७४, शुक्रबार १३:५६
 

काठमाडौँः नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधामन्त्री शेरबहादुर देउवाबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।


बिहीबार नेपाल भ्रमणमा आएकी स्वराजले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेर प्रधानमन्त्री देउवालाई भेटेपछि भेटको श्रृंखला टुंग्याउनेछिन् ।
भेटका क्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री सुनिलबहादुर थापा र अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि सहभागी छन् ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले यो भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन विदेशमन्त्री स्वराजसँग छलफल भइरहेको बताएका छन् ।

Next Post

तीन महिनादेखि शिक्षकले तलब पाएनन्

१९ माघ २०७४, शुक्रबार १३:५६
बैतडी । नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै आएका […]