प्रदेश ६ : संसदमा ४० जना मर्यादापालक खटिने

१९ माघ २०७४, शुक्रबार १३:४८
 

सुर्खेत । प्रदेश नम्बर ६ को संसदमा ४० जना मर्यादापालक खटाइने भएको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालयले संसदमा खटिने ४० जना मर्यादापालकहरू छनाैट गरेर आवश्यक प्रशिक्षण समेत दिन शुरु गरिएकाे छ ।

२१ गते बस्न लागेको प्रदेशको पहिलो संसदमा उनीहरुलाई खटिने प्रदेश प्रहरीले जानकारी दियो । ‘संसदमा खटाउन १० महिला र ३० पुरुष छनौट गरेका छौं’ ६ नम्बर प्रदेश कार्यालय स्रोतले भन्यो,–‘उनीहरुलाई संसद सचिवालय र हामीले नै आवश्यक थप प्रशिक्षण दिने कार्यपनि शुरु गरेका छौं ।’


कार्यालयका अनुसार संसदमा खटिने मर्यादापालकहरु इनिस्पेक्टरदेखी प्रहरी जवानसम्म छन् । अावश्यक पाेशाककाे समेत टुंगाे लगाउने तयारीमा कार्यालय जुटेकाे छ ।

(paschimnepal.com)

Next Post

बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

१९ माघ २०७४, शुक्रबार १३:४८
काठमाडौँ, । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो […]

सम्बन्धित