निगमको ४८ औं स्थापना दिवसमा असाहे तथा अशक्तलाई कम्बल र फलफुल वितरण

२६ पुष २०७४, बुधबार १६:२१
 

सदरलाइनडटकम
२६ पुस, नेपालगन्ज : नेपाल आयल निगमको ४८ औ वार्षिक उत्सवको अवसरमा नेपालगन्जका असाहे तथा जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको छ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय राँझामा कार्यरत कर्मचारी परिवारले नेपलगन्जमा रहेको निल सागर असाहे अशक्त पुनःस्थापना केन्द्र फुलटेक्रामा पुगेर आश्रममा आश्रीत रहेका २५जना असाहे तथा जेष्ठ नागरिकहरुलाई कम्बल तथा फलफुल वितरण गरेको हो ।
नेपाल आयल निगम नेपालगन्ज कार्यालयका क्षेत्रीय प्रबन्धक विनितमणी उपाध्यायको नेतृत्वमा केन्द्रमा पुगेको कर्मचारीहरु समूहले संयुक्त रुपमा कम्बल तथा फलफुल केन्द्रका सल्लाहकार कमलराज रेग्मीलाई हस्तान्त्रण गरेका थिए ।
कम्बल तथा फलफुल हस्तान्त्रण गर्दै क्षेत्रीय कार्यालय प्रमुख उपाध्यायले निगमको स्थापना भएको ४८ औं वार्षिक उत्सवको अवसरमा केन्द्रमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको बताउदै स्थानीय स्तरमा पनि निगमका सबै कर्मचारी परिवारको तर्फबाट सरफाई तथा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी मनाउने क्रममा निलसागर असाहे तथा अशक्त पुनःस्थापना केन्द्रमा आश्रीत अशक्त तथा असाहे नागरिकको लागि फलफुल र कम्बल वितरण गरिएको जानकारी दिए ।
नेपालगन्जको फत्तेवाल आँखा अस्पताल नजिकै रकेको सो निलसागर असाहे तथा अशक्त पुनःस्थापना केन्द्रमा यतिबेला २३ जना अशक्त तथा असाहे जेष्ठ नागरिकले आश्रय लिएको र उनीहरुको निरन्तर सेवामा दुई जना कर्मचारी रहेको सल्लाहकार रेग्मीले जानकारी दिए ।

 


Next Post

बाँकेका बाढीपीडितलाई चिसोबाट जोगाउन अस्थायी टहरा निर्माण गरिदै

२६ पुष २०७४, बुधबार १६:२१
सदरलाइनडटकम   २६ पुस, नेपालगन्ज  : चिसोबाट जोगाउनको लागि बाँकेका बाढी पीडितहरुलाई अस्थायी टहरा निर्माण गर्न थालिएको छ । बाँकेमा २०७४ साउनको अन्तिम साता आएको बाढीको कारण १ हजार १ सय २३ घरधुरी पूर्णरुपले क्षति भएर उनीहरु विस्तापित भएका छन् । चिसो बढ्दै गएको कारण बाढीपीडितहरुलाई तत्काल व्यवस्थापन गर्नका लागि अस्थायी […]