चिसो बढेपछि आगो ताप्ने व्यवस्था मिलाईयो

१० पुष २०७४, सोमबार १८:२०
 

सदरलाइनडटकम   
१० पुस, नेपालगन्ज : केही दिन यतादेखि बढेको चिसो र शीतलहरका कारण बाँकेको विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । लगातार कुहिरोका कारण अत्याधिक चिसो बढेपछि डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाको चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको वडा सदस्य नेतराम मौर्यले जानकारी दिए ।
वडा नं. ६ को पहलमा हजरात सामुदायिक बन उपभोक्त समितिले उपलब्ध गराएको दाउरा सोमबारदेखि सार्वजनिक स्थामा आगो ताप्नको लागि बालिएको हो । चिसोका कारण बाटोमा ओहोर दोहोर गर्नेदेखि स्थानीयवासीलाई बढी असर परेको भन्दै आगो ताप्न दाउरा उपलब्ध गराइएको समितिका सचिव अर्जुन सिँहले जानकारी दिए ।
बीओपी कालाबञ्जर, ईलाका प्रहरी कार्यालय हिरमिनिया र स्थानीय जनप्रतिनिधीको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको प्रहरी नायब निरीक्षक प्रशाराम केसीले जानकारी दिए । अत्याधिक चिसोको कारण नेपालगन्जका विभिन्न अस्पतालहरुमा विरामीको चाप समेत बढेका छन् ।

 


 

Next Post

चिसो र शितलहका कारण दम तथा स्वासप्रस्वासका विरामी बढे

१० पुष २०७४, सोमबार १८:२०
सदरलाइनडटकम ११ पुस, नेपालगन्ज : केही दिनयता चलेको शित लहर र चिसोको कारण बाँके लगायत तराईको जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसोको कारण दम तथा स्वास प्रस्वासका विरामीहरुको अस्पतालहरुमा दैनिक चाप बढ्न थालेको छ । नेपालगन्जको भेरी अञ्चल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले चिसोको कारण केही दिन […]