सदरलाइनडटकम
२ पुस, नेपालगन्ज : गत विहीबारदोखि नेपालगन्जमा सञ्चालन भइरहेको शैक्षिक महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले राखेको बिज्ञान प्रदर्शनीका स्टलहरुले सबै धेरै ध्यान खिचेको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्यले दर्शकको ध्यान तानेको भए पनि बिद्यार्थी, शिक्षक मात्र होइन अन्य दर्शकहरुले बिद्यार्थीले निर्माण गरेका बिज्ञान प्रदर्शनीमा झुम्मिएको देख्न पाईन्छ ।
ज्ञानोदय मावि खजुरा, स्प्रिङ्गडेल, पशुपति, जेनिथ बोर्डिङ्ग लगायतका स्कुलले बिज्ञान प्रदर्शनी गरि रहेका छन् । उनीहरु आफै स्टलमा बसेका छन् भने बिज्ञान प्रदर्शनीका बिषयमा आगन्तुकहरुलाई जानकारी समेत दिइरहेको देख्न पाईन्छ ।
ज्ञानोदय मावि, जेनिथ खजुराका विद्यार्थीहरुले अत्याधुनिक पुलको डिजाईन नै तयार पारेका छन् । उनीहरुले हाइड्रोलिक पुल, मोटरबेल स्पेन्सन् ब्रिजको नमना नै तयार गरेका छन् । सो बिद्यालयका बिद्यार्थी भानुभक्त कुमाल, बिजय मिश्र, सुनैना थापा, निरज पौडेलले सो पुलहरुको नमुना तयार गरेको विद्यालयले जनाएको छ ।