लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान काँग्रेसको ध्यान विकास र सम्बृद्धिमा

३० कार्तिक २०७४, बिहीबार २१:०५
 

सदरलाइनडटकम
३० कात्तिक, नेपालगन्ज : काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा बिहीबार बाँकेको खजुरा क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिभि सभा तथा प्रदेश सभाका उम्मेदवार तथा नेताहरुसँग स्थानीयले बर्सोदेखि आफुहरु धुलाम्मे र हिलाम्मे सडकमा हिड्नु परेको भन्दै सडकको स्तरोन्नती गर्न माग गरेका छन् ।
मतदाता समक्ष पुगेका उम्मेदवारसंग बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरी गाउँका स्थानीयले सडक र विजुली वत्तीको माग गरेका छन् । उनीहरुले धुलाम्मे र हिलो हुने सडकको स्तरोन्नती गर्ने उम्मेदवारलाई भोट दिन माग गरेका हुन ।
त्यसक्रममा काँग्रेस क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानललाई विजयी बनाए अव मुलुकमा सम्बृद्धि र विकासले गति लिने बताए ।



२०७० सालको संबिधानसभा चुनावमा काँग्रेसको एउटै अर्जुनदृष्टि संबिधान जारी गर्नुमात्रै भएकाले अवको अर्जुनदृष्टि विकास र सम्बृद्धि हुने शाहले प्रष्टाए । ३ नम्वर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मीले आफु केन्द्रमा पुगेर बाँकेको विकास गर्न चाहेको वताए ।
च्यामा, गनापुर, उढरापुर र मनकामनामा कार्यकर्ता भेला र घरदैलो कार्यक्रमलाई सम्वोधन गरेका कुर्मीले त्यसका लागि आफुलाई मात्र विजयी नगराई प्रदेशतर्फका लक्ष्मीनारायण शाह र चन्तराम थारुलाई पनि विजयी गराउन आव्हान गरे । ‘मैले केन्द्रमा पहल गर्छु शाह र थारुलाई देखाउंदै उनले भने–‘प्रदेशमा उहाँहरुले पहल गर्नुहुन्छ त्यसले स्थानीय विकासले छिटो गति लिन्छ ।’
प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि काँग्रेस जस्को सुकै मूल्य चुकाउन तयार रहेको भन्दै उनले यो चुनाव प्रजातन्त्र जोगाउने र प्रजातन्त्र ध्वस्त पार्नेबीचको लडाइ भएकाले काँग्रेसको पक्षम मतदान गर्न आव्हान गरे ।

Next Post

विकास र स्थायीत्वका लागि बाम उम्मेदवारलाई भोट

३० कार्तिक २०७४, बिहीबार २१:०५
सदरलाइनडटकम ३० कात्तिक, नेपालगन्ज : बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकायले आसन्न निर्वाचनमा बामगठबन्धनको बहुमत आउन कुनै पनि शक्तिले रोक्न नसक्ने धारणा राखेका छन् । बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत बुधबार बनकटुवामा भएको सभालाई सम्बोधन गर्दै रोकायले विकासका लागि राजनीतिक स्थायीत्व जरुरी भएको बताउदै बामपन्थीको […]