सौन्दर्य कला व्यावसायी संघ बाँकेमा पुनः अधिकारी

१६ कार्तिक २०७४, बिहीबार २०:०२
 

सदरलाइनडटकम  
१६ कात्तिक, नेपालगन्ज : सौन्दर्य कला व्यावसायी संघ बाँकेको चौथो जिल्ला अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । संघका केन्द्र उपाध्यक्ष सोनिया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो अधिवेशनले पुनः दुर्गा अधिकारीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।
सो संघको नया कार्यसमितिको उपाध्यक्षमा शर्मिला भण्डारी, सचिवमा राधा शाही, कोषध्यक्षमा सिता शर्मा, सह–सचिवमा यमुना पौडेल शाही, सह कोषध्यक्षमा सरिता बोहरा चयन भएका छन् ।
यसैगरी सोही अधिवेशनले संघको नया कार्यसमिति सदस्यमा चेतना थापा, ललिता पाठक, जस्मिन अन्सारी, सोनम केसी, कल्पना मल्ल, प्रमिला चौधरी, कोमल श्रेष्ठ, कुष्मा थापा, पुनम शर्मा, राधा वली, सोफिया ईद्रिसी, वर्षा बज्राचार्य, र आयुष्मा खातुन निर्वाचित भएका छन् ।
सोही सम्मेलनले कमला थापा, पुर्णिमा पौडेल, शर्मिला दियाली, लक्ष्मी चौधरीलाई संघको सल्लाहकार चयन गरेको अन निर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिईन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा ११२ को उम्मेदवारी दर्ता

१६ कार्तिक २०७४, बिहीबार २०:०२
सदरलाइनडटकम १६ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभामा १सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा सबै भन्दा बढी क्षेत्र नं. २ र सबै भन्दा थोरै क्षेत्र नं. ३ मा उम्मेदवारी परेको छ । प्रमुख जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस बिष्णु सुवेदीले […]