सदरलाइनडटकम
९ असोज, नेपालगन्ज : बाँकेमा रहेर विभिन्न रेडियो र टेलिभिजनमा कार्यरत प्राबिधिक पत्रकारहरु संगठित भएका छन् । नेपालगन्मा भएको प्राबिधिक पत्रकारहरुको भेलाले रेडियो सद्भावका प्रबिधिक प्रमुख नरेन्द्र सिंहको अध्यक्षतामा प्राविधिक पत्रकार संघ बाँके गठन गरिएको हो ।
सिंहको अध्यक्ष्तामा गठित ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा भेरी एफएममा कार्यरत सुप्रिया शर्मा, सचिवमा टेलिभिजन तथा रेडियो प्राबिधिक अरुण घिमिरे, सह सचिवमा कोहलपुर एफएमका गणेश बिष्ट र कोषध्यक्षमा नेपालगन्ज एफएमका प्रेरणा खड्का चयन भएका छन् ।
यसैगरी सदस्यमा कृष्णसार एफएमका योगेश चौधरी, कोहलपुर टेलिभिजनका जीवन अधिकारी, बागेश्वरी एफएमका तारिफ मोहमद र प्रतिबोध एफएमका बिवेक रेग्मी चयन भएका छन् । संघको कानुनी सल्लाहकारमा अधिबक्ता लोकबहादुर शाह तथा प्रेस सल्लाहकारमा पत्रकारमहासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु र बिशेष सल्लाहकारमा बरिष्ठ प्राबिधिक बिष्णु कँडेललाई लाई चयन गरिएको छ ।
संघले प्राबिधिक पत्रकारको हकहितका क्षेत्रमा पैरवी गर्ने र नयाँ प्राबिधक उत्पादनका लागि तालिम सञ्चालन गर्ने अध्यक्ष सिंहले योजना सनाए । प्राबिधिक पत्रकार संघमा आबद्ध हुन चाहनेलाई सदस्यता शुल्क पाँच सय एक रुपैयाँ तोकिएको अध्यक्ष सिंहले जानकारी दिए ।