सदरलाइनडटकम
६ असार, नेपालगन्ज : बाँकेको राप्तीपारीको मटैया मावि स्रोत केन्द्र अन्तरगतका विद्यालयका विद्यार्थीहरुको पढाई स्तरमा सुधार ल्याउनको लागि बृहद पठन उत्सवको आयोजना गरिएको छ ।
स्रोत केन्द्रस्तरका विद्यार्थीको सिकाई उपलब्धी मापन गर्ने उद्देश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत सो स्रोत केन्द्रका २१ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।
महेन्द्र मावि मटेहिया स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपी) का जिल्ला सांयोजक उपेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा गत आईतबार सम्पन्न भएको थियो ।
बालबालिकालाई पढ्न रुची लाग्ने खालका विभिन्न शैक्षिक सामाग्री सहितको स्टलहरु राखिएको र सोही कार्यक्रममा पढाईको महत्व, पढ्ने बानीको विकास, र बालबिबाह कुरीती हो भन्ने सन्देश दिने सडक नाटक समेत देखाईको थियो ।