२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघमा सिंह



नेपालगञ्ज :  मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघको शनिबार नेपालगञ्जमा सम्पन्न छैठो साधारण सभा तथा तेस्रो अधिवेशनबाट अमरजित सिंहको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले दिएको जानकारी अनुसार संघको उपाध्यक्षमा विनयकुमार शर्मा, सचिवमा टिपि न्यौपाने, सहसचिवमा जसपाल सिंह र कोषाध्यक्षमा सुरेशकुमार छलानी निविरोध चयन भएका छन् ।

यसैगरी संघको कार्यसमिति सदस्यहरुमा रामदत्त पन्त, टेकराज बोहरा, शंकर थापा, शेरबहादुर क्षेत्री, र अनुप सिंह निर्विरोध चयन भएको प्रमुख निर्वाचन आधिकृत अधिवक्ता आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार
ताजा समाचार