२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

दुर्घटनामा मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग



नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बर्दिया स्थायी घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेका बेलामा गत माघ १४ गते सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवान स्वर्गीय विकाश डाँगीको परिवारलाई सहयोग स्वरुप आर्थिक रकम प्रदान गरिएको बाँके प्रहरीले जनाएको छ ।

स्वर्गीय डाँगीको गत माघ १४ गते डिउटीमा खटिएको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ स्थित नेपालगञ्ज–कोहलपुर सडक खण्डमा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीबाट सङ्कलन गरिएको दुई लाख ६० हजार ७८ रुपैयाँ नगद रकम प्रहरी निरीक्षक सुजन शाहले स्वर्गीय डाँगीको घर मधुवन नगरपालिका ८ बर्दिया पुगेर आश्रित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

२०५५ सालमा जन्मिएका स्वर्गीय डाँगी २०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार
ताजा समाचार