२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकको प्रभातफेरी



नेपालगञ्ज : ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवको अवसरमा नेपालगञ्जमा प्रभातफेरी गरिएको छ । डिजिटल वित्तीय साक्षरताका लागि शनिबार बिहान प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीले नेपालगञ्ज उपमहानगरको विभिन्न भागको परिक्रमा गरेको थियो । उक्त प्रभातफेरीमा ग्लोबल आइएमई बैंकको बाँकेमा रहेका विभिन्न ५ वटा शाखाले सहभागिता जनाएको नेपालगञ्जको धम्बोझी शाखा प्रबन्धक निर्मलराज बुढाथोकीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेकोे उनले बताए ।

बैंकले ३ सय ५५ शाखा, ३ सय ७९ एटिएम, २ सय ७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार
ताजा समाचार