२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नेपालगञ्जमा कौशल सिटी मार्ट सञ्चालनमा ल्याईयो



नेपालगञ्ज : नेपालगञ्जमा दशै तिहर जस्ता पर्वको अवसर पारेर खाध्यान्नदेखि दैनिक उपभोग्यका सामान एकै दैलोमा उपलब्ध गराउने उद्देश्यले कौशल सिटी मार्ट सञ्चालनमा ल्याईएको छ ।

नेपालगञ्जका स्थानीय औमविनय कौशलले सञ्चालन गरेको सो मार्ट नेपालगञ्जको बिपीचोक र त्रिभुवन चोकको बिचमा ईदगाह रोडमा संञ्चालनमा ल्याईएको छ ।

मार्टको नेपालगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष चिरञ्जीवी ओली र महासचिव भिमबहादुर रानाभाट कोषध्यक्ष मख्खन धामीले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

करिव ६० लाखको लगानीमा भान्साका सामाग्रीदेखि दैनिक उपभोग्य सामान, खाद्यान्न, भाँडाकुँडा लगायतका सामाग्रीहरु एउटै छानामुनी उपलब्ध गराउने र यी सामाग्रीको खरिद गर्न सिमापारी उपभोक्तालाई जान नपरोस भन्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याईएको सञ्चालक कौशलले जानकारी दिए ।

उनले दशै तिहारको अवसर पारेर मार्टमा खरिद गर्न आउने ग्राहकलाई विभिन्न सामाग्रीहरुमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट उपलब्ध गराएको बताए ।

 

प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार
ताजा समाचार