२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

राष्ट्र बैंकमा नयाँ नोट लिन थामिनकस्नु भीड



नेपालगञ्ज : नयाँ नोट लिन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयमा थामिनसक्नु भिड लागेको छ । बिगतको जस्तो सबै बैंकले नयाँ नोट दिन पाएका छैनन् ।

जसको प्रत्यक्ष प्रभाव राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयमा देखिएको छ । नयाँ नोट वितरण गर्न शुरु गरेदेखि नै यहाँ दैनिक जसो थामिनसक्नु भिड लागेको छ ।

दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक ३ गते शुक्रबार
ताजा समाचार