२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वाशको मत नदिने भएपछि बैठक स्थगित



नेपालगञ्ज : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वास मत नदिने बताएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको हो ।

बिहीवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, मुख्यमन्त्रीमा नियुक्त हुँदा रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिने विषयमा अनिर्णित भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेससभामा मुख्यमन्त्रीमा नियुक्त हुन २७ प्रदेश सांसदको समर्थन जरूरी हुन्छ । रावल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधबार
ताजा समाचार