२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

उद्योग सञ्चालन नहुँदासम्म समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी



कोहलपुर (बाँके) : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्यमान समयमा देशमा उद्योग सञ्चालन गर्न नसकिए देशको आर्थिक समृद्धि कहिले हुन नसक्ने बताएका छन् । कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा मंगलवार उद्योगी तथा ब्यापारीहरु सँग अन्तरक्रिया कार्यक्रममा भण्डारीले उक्त कुरा बताएका हुन् ।

भण्डारीले स्थानीय राजनितिक दलहरुका कारण देशमा औद्योगिक क्षेत्रमा विकास हुन नसकेको बताए । उनले नौवस्ता औद्योगिक ग्राम निमार्ण कार्य सम्पन्न गर्न सके ५,६,७ प्रदेशहरुको केन्द्रविन्दुका रुपमा स्थापना हुने विश्वास समेत व्यक्त गरेका छन् ।

भण्डारीले देशमा व्यापारीहरुले झेल्नु परेको संकट नेपाल सरकार नभइ ठुला व्यापारीहरुका कारण संकट देखा परेको बताएका छन।उनले उद्योगी र व्यपारीहरुलाई चर्को शुल्क लिने नेपाल सरकार माताहत रहेका बैंक नभएको दावी गरे । मन्त्री भण्डारीले सबै नीजि बैंक तथा वित्तीय संस्थाका संचालक नै उद्योगीहरु रहेको बताए ।

उनले नीजि बैंकहरुको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीहरुलाई थप समस्या देखा परेको स्वीकार गरे । उनले औद्योगिक ग्राम निमार्ण गर्न नसक्दा बार्षिक रुपमा विकास बजेट फिर्ता हुने समस्याका देखा परेको बताए ।

यसरी विकास बजेट समेत खर्च गर्न नसक्नु देश थप आर्थिक संकट तर्फ जाने निश्चित हुने बताउदै स्थानीय स्तरमा देखिएका समस्या समाधान गरी निकासा दिनुपर्ने बताए । उनले अव्यवस्थित बसोबासी व्यवस्थापन गर्नाका लागि आयोग बनेको बताउदै यसमा कुनै प्रकारको राजनितिक गर्न नहुने तर्क समेत गरेका छन् ।

कोहलपुर उद्योग व्यापार संघले आयोजनाका गरेको अन्तर संवादमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी, उद्योगी डोलनाथ खनाल, यातायात व्यवसायी मनप्रसाद आचार्य लगायत व्यापारीहरुले विद्यमान व्यापारी तथा उद्योगीहरुका समस्या बारे धारणा राखेको थिए ।

उद्योग बाणीज्य संघ कोहलपुर अध्यक्ष लक्षमण राज पौडेलको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २०७९ फागुन ९ गते मंगलबार
ताजा समाचार