२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

ज्योती बिकास बैंकको शाखा न्यूरोडमा



नेपालगञ्ज : नेपालगञ्जमा ज्योती बिकास बैंकले न्यूरोड शाखाको औपचारिक उदघाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले बैंङ्कले यसअघि नेपालगञ्जको सुर्खेतरोडमा रहेको शाखालाई न्युरोडमा सारिएको बैंकका क्षेत्रिय प्रवन्धक विनोद गुरुङले बताए ।

बैंकका संस्थापक शेयरधनी श्री मदन बहादुर केसी र प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । उदघाटन समारोहमा बिभिन्न उद्योगी व्यवसायी, बैंकका विभिन्न पदाधिकारी तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

आफ्नो १९औं शाखाको रुपमा स्थापीत उक्त न्युरोड शाखासंगै ज्योती बिकास बैंकको देशभर १ सय २० शाखा रहेको समेत बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुको सुविधाका निमित्त शुन्य मौज्दातमै त्तच् ऋयमभ, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने बैंकका क्षेत्रिय प्रवन्धक विनोद गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार
ताजा समाचार