२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोहलपुर वाणिज्य संघको सात बुँदे माग



कोहलपुर (बाँके) : कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गरेको छ ।

राष्ट्र बैकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनका कारण उद्योगी व्यवासायीहरु धराशायी, पलायन एवं आत्मदाह गर्नेसम्मको परिस्थिती श्रृजना भएको संघले जनाएको छ ।

शुक्रवार कोहलपुरमा गरिएको पत्रकार सम्मेलनमा संघले ७ बुँदे मागसमेत गरेको छ । संघले कर्जामा एक अंकको व्याज दर कायम हुनुपर्ने, तरलता व्यवस्थापन हुनुपर्ने, राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ स्थगित हुनुपर्ने, अनुत्पादक मुद्दती खाता बन्द हुनुपर्ने लगायत सात बुँदे माग अघि सारेको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २५ गते शुक्रबार
ताजा समाचार