२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा ८७ मात्र प्रतिशत रोपाई



नेपालगञ्ज : बाँकेमा ८७ प्रतिशत रोपाई भएको छ । विगतमा बाँकेको कर्णाली उपमा पाएको नरैनापुर गाउँपालिकामा भने १५ प्रतिशत मात्र रोपाई भएको छ ।

नरैनापुर गाउँपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सदन भण्डारीले गाउँपालिकामा बढीमा १५ प्रतिशत किसानले मात्र रोपाई गरेको बताए । गाउँपालिकाको धान खेती हुने क्षेत्रफल झन्डै ४ हजार २ सय हेक्टर छ ।

कृषिज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईका अनुसार जिल्लामा ८७ प्रतिशत मात्र रोपाई भएको छ । सबैभन्दा धेरै रोपाई राप्तीसोनारी गाउँपालिकामा शतप्रतिशत भएको छ ।

बैजनाथ गाउँपालिकामा ९९ प्रतिशत, डुडुुुवा गाउँपालिकामा ९८ प्रतिशत, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा ९७ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा ९६ प्रतिशत रोपाई भएको भएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतबार
ताजा समाचार