२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

अझै पारित हुनसकेन बढैयातालको बजेट



नेपालगञ्ज : बढैयाताल गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत भएको १८ दिन बितिसक्दा पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधले बजेट पारित हुन सकेको छैन ।

निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठको कार्यकालमा करारमा नियुक्ति भएका कर्मचारीका विषयमा विवाद उठेपछि बजेट पारित हुन नसकेको पालिकाले जनाएको छ ।

यसअघिका पदाधिकारीले मनोमानी ढंगले दरबन्दी सिर्जना गरी नियुक्त गरेका कर्मचारी कटौती गर्नलाग्दा नीति तथा कार्यक्रम रोकिएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष हिमालय त्रिपाठीले यसअघि एमाले सत्तामा रहँदा ४० जना करारका कर्मचारी नियुक्ति गरेको, स्थायी कर्मचारीलाई हाजिर हुन नदिएको करिब १ करोड ५० लाख रुपैयाँ बेरुजु भएकोले उनीहरूलाई हटाउनु पर्ने अडान लिएपछि बजेट पारित हुन नसकेको बताए ।

प्रतिपक्ष एमालेले करार कर्मचारीको नवीकरण गर्नुपर्ने दबाब दिएकोले नीति तथा कार्यक्रम पारित हुन नसकेको अध्यक्ष त्रिपाठीले आरोप लगाए ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमबार
ताजा समाचार