२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

हराएको रकम बाँके प्रहरीले फेला पारी बुझायो



नेपालगञ्ज : बाँके प्रहरीले हराएको रकम फेला पारी सम्बन्धीत व्यक्तिलाई बुझाएको छ ।

प्रहरीले राप्तिसोनारी गाउँपालिका वडा नं.३ घर भई हाल नेपालगञ्ज बस्दै आएकी रमिला चौधरीलाई हराएको ४२ हजार ५ सय रकम फेला पारी बुझाएको हो ।

चौधरीले जानकी ३ बेलभारस्थित उक्त रकम हराएको भनी प्रहरी चौकी साईगाउमा जानकारी गराएपश्चत् प्रहरीले खोजी शुरु गरेको थियो ।

उक्त प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकी ३ शिवपुरीस्थितबाट उक्त रकम फेला पारी चौधरीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार
ताजा समाचार