Sadarline
२०८३ असोज २७ , मंगलबार

स्व.मोहम्मदी सिद्धिकीको सम्झनामा स्मारिका विमोचन




नेपालगञ्ज :  पहिलो संविधान सभा सदस्य स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्झनामा तयार पारिएको ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका नेपालगञ्ज विमोचन गरिएको छ । विहिबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि गैर सरकारी संस्था मंहासंघ बाँकेले पुस्तक विमोचन गरेको हो ।

विमोचन गरिएको सो पुस्तकमा वरिष्ठ समाजसेवी तथा अगुवा मुस्लिम महिला सिद्धिकीसंग सम्बन्धित ३६ वटा आलेख, अन्तरवार्ता, संस्मरण तथा समाचाहरु समेटिएका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकीले ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका प्रकाशन हुनु स्वर्गिय मोहम्मदी सिद्विकीको सम्मानमा एक ईटा थप्नुमात्र नभई एउटा मुस्लिम महिलाले गरेको संर्घषको ईतिहास समेत लेखिएको बताइन् ।

कार्यक्रममा बोल्ने अन्य वक्तहरुले स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्मानमा एक अक्षयकोषको स्थापना गर्नमा जोड दिनुका साथै उनको सामाजिक र राजनीतिक योगदानको चर्चा गर्दै स्वर्गिय सिद्धिकी प्रति श्रद्धान्जली अर्पण गरेका थिए ।

विक्रम संवत् २०१५ मा भारतको गोरखपुरमा जन्मिएकी स्वर्गिय मोहम्मदी सिद्धिकीको विक्रम संवत् २०७८ साल बैशाख ११ गते कोरोना संक्रमणका कारण उनको मृत्यु भएको थियो । बाँकेका मुस्लिम महिलाको उत्थानका निमित्त सामाजिक काम गर्ने उनी अगुवा मुस्लिम महिला समेत हुन् ।

प्रकाशित मिति : २०७८ पुस २२ गते बिहीबार
ताजा समाचार