२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

नेपालगञ्ज भन्सारमा बिद्युतीय भुक्तानी प्रणाली लागु



नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले बुधवारदेखि बिद्युतीय भुक्तानी प्रणाली अर्थात इपेमेन्ट सिस्टम लागु गरेको छ । भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले इपेमेन्ट सिस्टम लागु गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । अब सेवाग्राहीले भन्सार कार्यालयमा नगद तथा चेक बोकेर जानु पर्दैन् ।

उनीहरुले अनलाइनबाट पेमेन्ट गर्न सक्नेछन् । भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, राजस्व अनुसन्धान क्षेत्रिय कार्यालय कोहलपुरका प्रमुख लक्ष्मण बिक्रम थापा, जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधबार
ताजा समाचार