२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



नेपालगञ्ज : शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा प्रबन्धक तेजबहादुर रावलले वित्तीय साक्षरताको आवश्यकता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराएका थिए ।

करीब ५० जना भन्दा बढी विद्यार्थी सहभागी रहेको कार्यक्रममा कलेजका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ मंसिर २२ गते बुधबार
ताजा समाचार