Sadarline
२०८३ असोज २६ , सोमबार

नेपालगञ्जमा ‘वेष्टर्न मार्ट’ मंगलबारदेखि सञ्चालनमा




नेपालगञ्ज : नेपालगञ्जमा ‘वेष्टर्न मार्ट’ नामक सपिङ्ग मल मंगलबारदेखि सञ्चालनमा आएको छ । बिगत एक दशक भन्दा बढी समयदेखि नेपालगञ्ज क्षेत्रमा चिरपरिचित वेष्टर्न बिजनेस ग्रुपको लगानीमा बनेको लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक सुबिधासम्पन्न सपिङ मलमा ‘वेस्टर्न मार्ट’ संचालनमा ल्याइएको मार्टका अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिए ।

वेष्टर्न मार्टको एक समारोहका बीच नेपालगञ्ज उपमहानगरका मेयर डा.धवल शमशेर राणाले उद्घाटन गरे । उनले मार्ट सञ्चालनले नेपालगञ्जको व्यवसायिक विकासमा टेवा पुग्ने कुरामा जोड दिदै गुणस्तर र मूल्यमा ध्यान दिन सके वेष्टर्न मार्ट ग्राहकहरुको रोजाई बन्ने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ’चुन्ना’, बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिसकुमार अग्रवालले शुभकामना मन्तब्य व्यक्त गर्दै मार्टले सबैको मन जित्ने विश्वास व्यक्त गरेका थिए । त्यस अवसरमा वेष्टर्न मलका अध्यक्ष सञ्जय थापाले मल बनाउन हालसम्म १८ करोड लगानी लागेको जानकारी गराउँदै लगानीको कुल लक्ष्य ३५ करोड रहेको बताए । वेष्टर्न मार्टमा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १६ गते मंगलबार
ताजा समाचार