२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

हावाहुरुसँगै परेको पानीले बाँकेको धानबालीमा ठुलो नोक्सानी



नेपालगञ्ज : मनसुन सक्रिय हुँदा बाँकेमा काट्न तयारी अवस्थामा रहेको धानवालीमा ठुलो नोक्सानी पुगेको छ । सोमवार राती हावाहुरीसँगै भएको वर्षातले धानवालीमा ठुलो नोक्सानी पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।

दिन विराएर वर्षा भइरहेकाले किसानहरुले पाकीसकेको धान काट्न पाएका छैनन् । त्यसैमा हावाहुरी सहितको बर्षा हुँदा धान पुरै ढलेको छ । हावाहुरीसँगै परेको पानीले सबै धान ढालेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान उमेशकुमार यादवले बताए ।

ढकालका अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धान खेती लगाइएको छ । त्यसमध्येमा २५ देखि ३० प्रतिशत क्षेत्रफलमा राधा–४ धान किसानहरुले लगाएका छन् । योबर्षाले राधा चार धानलाई बढी नोक्सानी पुगेको छ ।

डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया, राप्तीपारी फत्तेपुर, खजुरा, बैजानाथलागयातका ठाउँमा क्षति पुगेको हो ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मंगलबार
ताजा समाचार