२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बर्दिया ट्राफिकद्धारा एक करोड राजश्व संकलन



बर्दिया : जिल्ला ट्राफिक कार्यालय बर्दियाले आर्थिक वर्ष ०७७÷०७८ मा एक करोडबढी राजश्व संकलन गरेको छ । यो आर्थिक वर्ष ०७६÷०७७ भन्दा करिव दोब्बरले बढीले हो ।

आर्थिक वर्ष ०७७÷७८ मा एक करोड १५ लाख ९ हजार ५ सय राजश्व संकलन भएको छ । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने ६५ लाख २ हजारमात्रै राजश्व संकलन भएको थियो ।

ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेबाट कारवाही गर्दा सो परिमाणको राजश्व संकलन भएको कार्यालय प्रमुख गोपाल ज्ञवालीले जानकारी दिए । ट्राफिक नियम उल्लंघन ट्रक, बस, जिपकार, टेक्टर, मोटरसाइकल लगायतका सवारी साधन बढी छन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमबार
ताजा समाचार