२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्दै बाँकेको खजुरा




खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाले कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी प्राथामिकतामा राखेको छ । ईजरायली मोडलमा डिजाईन गरी बसालिएको बस्ती भएको खजुुरा गाउपालिकाले अन्न, तरकारी तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखेको हो ।

खजुरा गाउपालिका कृषि शाखा प्रमुख पुनम पोख्रेलले पालिकाले किसानको समस्या र मागलाई पहिचान गरी उनीहरुलाई कृषिकर्ममा सहयोग पुग्ने गरी कृषिऔजार, विउ मल, सिचाईको व्यवस्था साथै प्राविधिक सेवा दिदै आएको जानकारी दिईन ।

उनले भनिन–‘पालिकाले माग र आवश्यकताको आधारमा कृषि कर्ममा सहयोग पुराउन सिंचाई र यान्त्रीकरणमा जोड दिएका छौ ।’ उनले चालु आर्थिक बर्षमा पालिकाले १ सय सात जना किसानलाई अनुदानमा विभिन्न खाले कृषि यन्त्रहरु वितरण गरेको बताईन । कोरोना प्रभावित युवालाई कृषि क्षेत्रको रोजगारमा जोड्नको लागि २० हजार अनुदान दिएको जानकारी दिदै पालिकाले कोभिडका कारण मृत्यु भएका किसानका परिवारलाई समेत कृषिमा अनुदान दिएका बताईन ।

गाउपालिकाले १ वडा १ नमुना फर्मको योजना बनाउदै फरक वडामा फरक खालको खाद्यान्न उत्पादनका साथै आयमुलक र फाईदा जनक तरकारी बालीमा पहिलो प्रथामिकता दिएको जानकारी दिईन । उनले भनिन–‘ खजुरा गाउपालिकाको लक्ष अन्न, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने हो । गउपालिकाले त्यसको लागि कृषकको चाहाना र माग अनुसारको योजना सञ्चालनमा ल्याउने गरेको छ ।’

खजुरा गाउपालिका पशुपन्छि जन्य उत्पादनमा पनि आफुलाई आत्मनिर्भर बनाउने गरी अघि बढेको छ । खजुरा गाउपालिकाको पशु सेवा कार्यालयले किसानलाई बाख्रा, गाईभैंसी, बंगुर, लोकल कुखुरा, ब्रोईलर र लेयर्स कुखुरा जस्ता पशुपन्छीको व्यवसायिक रुपमा व्यावसाय गर्ने तरिकाले पशुपालन गर्न सहयोग पुराएको शाखाका पशु सेवा प्राविधिक बुद्धिबहादुर थापाको भनाई छ ।

उनले गाउपालिकामा उन्नत जातको पशुको नश्ल सुधार तथा उत्पादनमा बृद्धि गर्ने उद्देश्यले गाई भैसि र बाख्रामा कृतिम गार्भाधानको कार्यक्रम सञ्चालन गरेको जानकारी दिदै भने–‘ परम्परागत रुपमा गरिने पशुपालनले निवार्ह मुखि मात्र हुने भएकोले गाई र भैसीमा कृतिम गर्भाधान कार्यक्रम सञ्चालन मै ल्याएका छौ बख्रामा पनि यो कार्यक्रम सञ्चालनको तयारी गरेका छौ ।’

उनले पशु सेवा शाखाले पालिकाका १७ हजार भन्दा बढी पशुलाई उपचार सेवा दिएको बताए । यसैगरी ५० वटा बाख्राको खोर निर्माण गरि वितरण गरेको, परजिवि नियन्त्रणको शिविर सञ्चालन, १० वटा कृषि फर्मलाई हाते चारा मेसिन वितरण, १ सय वटा मिल्क क्यान वितरण, साना स्तरका गोठ सुधार कार्यक्रम, काउम्याट वितरण, घाँसको विउ तथा वेर्ना विततरण र ७ प्रकारका औषधिहरु निशुल्क वितरण गर्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार
ताजा समाचार