२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

बैङकका कर्मचारी आन्दोलित




नेपालगञ्ज : नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोष बैङ्कमा कार्यरत कर्मचारीको हितमा नभएको भन्दै बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

सामाजिक सुरक्षा कोष आफुहरुको हितमा नभएको भन्दै आइतबार कोहलपुर क्षेत्रका कर्मचारीहरु सडकमा नै व्यानर सहित विरोध जनाउदै उत्रिएका हुन् ।

उनिहरुले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ति लैजान खोजेको भन्दै आन्दोलनमा आउनुपरेको बताएका छन् ।

आईतवार बिहान कोहलपुर बैंकर क्लवको अगुवाईमा बैंकका कर्मचारीहरुले सडकमा विरोध प्रदर्शन गरेको क्लवका प्रवक्ता बसन्त रेग्मीले जानकारी दिए । यसैगरि बाँकेको नेपालगञ्जमा गत शुक्रवार सिद्धार्थ बैंक अगाडि कर्मचारीहरुले कालो ब्यानर टाँगेर सोको विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार २० गते आइतबार
ताजा समाचार