२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अञ्जनी माता रसोइलाई २८ हजार सहयोग



नेपालगञ्ज : जन्मथलो बाँकेमा रहेर अध्ययनका शिलशिलामा इजरायलमा गएका विद्यार्थीले भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोइका लागि सुन्दरकाण्ड मित्र मण्डललाई २८ हजारबढी रकम सहयोग गरेका छन् ।

मित्र मण्डलले अस्पतालमा रहेका कोभिडका विरामी र कुरुवाका लागि २० रुपैयाँमा खाना खुवाइरहेको छ । बाँकेका विभिन्न ठाउँबाट इजरायल पुगेका ८ जना विद्यार्थीले पठाएको २८ हजार २ सय ७५ रुपैयाँ रकम सोमवार एक कार्यक्रमकाबीच नेपाली काँग्रेस कोभिड १९ अनुगमन समिति बाँकेका संयोजक लक्ष्मीनारायण शाहले मित्र मण्डलका संरक्षक विजय गुप्तालाई प्रदान गरेका हुन् ।

शाहका अनुसार, नेपालगञ्ज २२ का अमित कुमार वर्मा, राप्तीसोनारी ५ का सुरेन्द्रकुमार चौधरी, वडा नम्वर ७ का सतिश थापा, रिमा कुमारी वोहरा, वडा नम्वर ८ का जगदीश चौधरी, खजुरा गाउँपालिका ४ का हेमन्त थापा, वडा नम्वर ८ का दिपक पौडेल र बैजनाथ गाउँपालिका १ का तारा खत्रीले उक्त रकम पठाएका थिए । कृषि सहकारीमा आबद्ध उहाँहरु अध्ययनको शिलशिलामा इजरायल पुगेका हुन् ।

सुन्दरकाण्ड मित्र मण्डलद्धारा सञ्चालित अञ्जली माता रसोईमा शनिवारबाहेक प्रतिदिन २० रुपैयाँमा साँझ विहान खाना खाने कार्यक्रम चलिरहेको हो ।

गएको दशैको फुलपातीको दिनबाट शुरु भएको यो अभियानमा अहिलेसम्म करिव ९० हजारबढीले खाना खाएको संरक्षक यादवले बताए । अध्ययनका शिलशिलामा त्यहाँ पुगेका विद्यार्थीहरुले गरेको सहयोगप्रति यादवले धन्यवाद दिए ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमबार
ताजा समाचार