२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोहलपुर नगरपालिकाको बंगुरमा अनुदान कार्यक्रमको अनुगमन




कोहलपुर (बाँके) : कोहलपुर  नगरपालिकाले  स्थानीय  कृषकलाई  बुंगुरपालनमा  प्रोत्साहन  गर्ने उदेश्यले सञ्चालन गरेको अनुदान कार्यक्रमको अनुगमन गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा ९ लाख ५३ हजार स्थानीय ५० जना कृषकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको नगर पशु सेवा कार्यालयका गोविन्द रोकायाले जानकारी दिए ।

कोहलपुर नगरपालिका आर्थिक विकास समितिको संयोजक डिलबहादुर परियार लगाएतको टोलीले अनुदानमा प्राप्त बुंगुरका पाठा, पाठीहरुको अवस्था कृषक छनौट प्रक्रिया बारे जानकारी गराईएको थियो ।

कूल बजेट मध्ये ८० प्रतिशत रकम बुगुरका बाठापाठी खरिद गरी ५ वटा समुहलाई हस्तान्तरण गरिएको छ । भने बाँकी २० प्रतिशत रकम कृषकलाई तालिम बुंगुरलाई औषधि, अनुगमनमा खर्च गरिने बताइएको छ । कोहलपुरका ५० जना कृषकलाई दुई सय ५० संख्यामा बुंगुरका पाठा, पाठी वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७८ जेठ ३० गते आइतबार
ताजा समाचार